ट्रम्पले चीनबाट अमेरिका आउनेमाथि कडाई गर्ने घोषणा गरेलगत्तै चीनले फर्कायो जवाफ
बेइजिङ । चीनले संयुक्तराज्य अमेरिकालाई नोवल कोरोना भाइरसका कारण उत्पन्न महामारी नियन्त्रणमा ल्याउन चीनले गरिरहेको प्रयत्नलाई वस्तुपरक, निष्पक्ष, शान्तपूर्ण र बुद्धिमत्तापूर्ण तरिकाबाट सम्मान गर्न आग्रह गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले भाइरससँग जुध्न चीनका साथै अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न पनि अमेरिकालाई अनुरोध गरेकी हुन् ।
कोरोना भाइरसको महामारी विरुद्ध लड्न चीन सरकार र जनताले कुनै कसर बाँकी नराखेको बताउँदै उनले यस महामारी फैलन नदिनेतर्फ भइरहेका प्रयासमा निकै प्रगति भइसकेको जानकारी दिइन् ।
प्रवक्ता चुनयिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार चीनबाट अमेरिका आउनेलाई प्रवेशमा कडाई गर्न लागेको घोषणा गरिएको विषयमा सोधिएको एक प्रश्नमा उक्त धारणा राखेकी हुन् ।
इबोला, सार्स र मर्सजस्ता भाइरसको महामारीका तुलनामा चीनमा यस पटक सरकारको विशेष सतर्कता र स्वास्थ्यकर्मीको व्यापक परिचालनका कारण कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा रहेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बताएका छन् । प्रवक्ता चुनयिङले कोरोना भाइरसको महामारी रोक्न चीन सक्षम हुने विश्वास व्यक्त गरिन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डमा पहिलोपटक ‘नेपाल महोत्सव’ हुँदै
-
सङ्घीयता र एआईको युग अनुकूल नयाँ पुस्तकालय नीति बनाउन सांसदहरूको जोड
-
गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण