फ्रेन्ड्ससँग हार्यो एनआरटी
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दावेदार टोली एनआरटी फ्रेन्ड्स क्लबसँग पराजित भएको छ । ललितपुरको एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा एनआरटी फ्रेन्ड्ससँग २–० गोलले पराजित भयो ।
एनआरटीले दुवै गोल दोस्रो हाफमा खाएको थियो । फ्रेन्ड्ले ७८ औं मिनेटमा सुरुवाती गोल गरेको थियो । फ्रेन्ड्सका सञ्जोग महर्जनले पहिलो गोल गरे । लगतै ८१ औं मिनेटमा ब्राजिलका खेलाडी वागनर डे कार्मोले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए । फ्रेन्ड्सले दुवै गोल एनआरटीको रक्षाप्रक्तिको कमजोरीमा गरेको थियो । एनआरटीको गोल प्रयासलाई भने फ्रेन्ड्सको रक्षकले विफल पारेका थिए ।
फ्रेन्ड्का रक्षक असिम भुषाल म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै ११ खेलबाट १४ अंक बनाएको फ्रेन्ड्स नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट १५ अंक बनाएको एनआरटी सातौं स्थानमा छ । एनआरटी र फ्रेन्ड्सको खेलसँग लिगको १० औं चरण सकिएको छ ।
१० औं चरणपछि शीर्ष स्थानमा रहेको आर्मीको २३ अंक छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्रले २२ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको मनाङ म्स्र्याङदीको क्लबको १९ अंक छ । यी तीन टोलीबीच उपाधि भिडन्त हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण