कोरोना भाइरस प्रकोपको पछिल्लो अपडेट: ४९२ को मृत्यु, २४ हजार ५ सय संक्रमित, २५ देशमा विस्तार
बुधबार, २२ माघ २०७६, १४ : ०८
एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर २४ हजार ५०० भन्दा बढी संक्रमित भएका छन् । तीमध्ये ४९२ को मृत्यु भइसकेको छ र मर्ने झण्डै झण्डै सबै जसो चीनका रहेका छन् । चीनको मुल भूमिभन्दा बाहिर हङकङका १ जना र फिलिपिन्सका १ संक्रमितको मृत्यु भएको घटना बाहिर आएको छ । बाँकी मर्ने सबै चीनभित्रकै छन् ।
चीनको हुबेई प्रान्तमा रहेको वुहानबाट सुरु भएको प्रकोप नियन्त्रण गर्न चीनले कठोर कदमहरु उठाएको छ । यसका बावजुद प्रकोप नियन्त्रणको प्रयास सफल हुन सकेको छैन । चीनले विभिन्न सहरका यातायात र समूहमा भेला हुने कार्यलाई रोकथाम लगाएको छ । यसबाट ६ करोड मानिस प्रभावित भएको बताइन्छ ।
भाइरस संक्रमितको ठूलो संख्या चीनकै छन् । चीनबाहिर २५ देशमा २३० संक्रमणको केस भेटिएका छन् । केही देशले चिनियाँहरुको प्रवेश निशेष गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण