काँग्रेस छानविन समिति संयोजकको खोजीमा, बैठक सर्यो
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
बिहीबार (भोलि)का लागि बोलाइएको बैठक माघ २७ गते (सोमबार)का लागि सारिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनका अनुसार तयारी नपुगेकाले बैठक सोमबार सारिएको हो ।
माघ १३ गतेको केन्द्रीय कार्यसमिति बैठकमा सहमति बमोजिम महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता छानबिन समिति गठन, विधानका धारा निलम्बन लगायतका प्रस्ताव पेश भएको थियो ।
प्रस्तावअनुसार बिहीबारको बैठकमा विधानका धारा र नियमावलीका नियम सम्बन्धमा निर्णय लिने र सात सदस्यीय क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति गठन गर्ने एजेण्डा थियो ।
छानविन समितिको जिम्मेवारी कसलाई दिने भन्नेमा शीर्ष नेताहरुबीच छलफल हुन नसकेकाले बैठक सारिएको बुझिएको छ ।
१३ गतेको बैठकमा छानबिन समितिको संयोजकमा नरहरी आचार्यलाई नै दोहोर्याउने विषयमा सामान्य छलफल भएको थियो । यद्यपि उनी अस्वस्थ रहेकोले अन्यलाई जिम्मेवारी दिने कि भन्ने विषयमा पनि कुरा उठेको थियो ।
तर, आचार्यको विकल्प खोजिँदा साझा व्यक्ति रोज्नुपर्ने संस्थापन इतर पक्षको माग राखेको छ ।
१३ औँ महाधिवेशनका लागि आचार्यको नेतृत्वमा क्रियाशील सदस्यता छानविन समिति गठन गरिएको थियो ।
सदस्यमा सभापति शेरबहादुर देउवा पक्षबाट संयोजकसहित ३ जना, वरिष्ठ नेता रामचन्द्र पोडेल पक्षबाट २ जना र कृष्णप्रसाद सिटौला पक्षबाट एक जनालाई समावेश गरिने सहमति भएको थियो ।
तीन समूहमा छानविन समितिमा कसलाई पठाउने भन्ने विषयमा टुंगो लागेको छैन । समितिका संयोजक र सदस्यहरुको मनोनयन गर्ने जिम्मा सभापति देउवालाई दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण