भ्यालेन्टाइनमा रेडमी के२० प्रो योजना, तीन हजारको भारी छुट

काठमाडौं– शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आउँदै गरेको भ्यालेन्टाइन दिवसको अवसरमा नेपालमा आकर्षक योजना ल्याएको छ । शाओमीले फ्लागसीप किलर स्मार्टफोन रेडमी के२० प्रोमा तीन हजारको भारी छुटको घोषणा गरेको छ जसलाई अब ४६,९९९ मा खरिद गर्न सकिन्छ ।
शीर्ष विशेषता र पप–अप क्यामेरा भएको यो स्मार्टफोन प्रेमीहरुका लागी आदर्श उपहार हुनेछ । उपहारका लागि स्मार्टफोनहरु रोजाइमा पर्ने क्रम बढिरहेको छ र खासगरी प्रेमको मौसममा यो निकै उत्तम विकल्प हुनेछ । हाम्रो भ्यालेन्टाइन डे (प्रेम दिवस) लाई विशेष बनाउन ४९,९९९ मूल्यको रेडमी के २० प्रो अब ४६,९९९ मा ८जीबी प्लस २५६ जीबीमा नेपालभर उपलब्ध हुनेछ ।
यो अफरहरु सबै अफलाइन स्टोर, डराज डट कम डट एनपी र सस्तोडिल डट कम मा उपलब्ध हुनेछ । प्रयोगकर्ताहरुले १४ फ्रेब्रुअरी, २०२० सम्म यस अवसरको लाभ लिन सक्नेछन् ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘शाओमीले एमआई फ्यानहरुबाट धेरै माया पाएको छ र हामी यो भ्यालेन्टाइन दिवसमा केहि माया उनीहरुलाई फिर्ता गर्न पाउँदा निकै उत्साहित छौं ।
नेपालमा सार्वजनिक भएदेखि नै रेडमी के२० प्रो सबैभन्दा लोकप्रिय स्मार्टफोन बनेको छ जसले चरम फ्ल्यागसिप अनुभवलाई साच्चैं नै पुनः परिभाषित गर्दछ । हामी रेडमी के२० प्रो को खरिदमा नेपालका सम्पूर्ण एमआई फ्यानहरुलाई विशेष अफर प्रदान गर्न पाउँदा खुशी छौं र उनीहरुलाई भ्यालेन्टाइन दिवसको हार्दिक शुभकामना प्रदान गर्दछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकी क्रिकेट : रङ्गको आधारमा कोटा र बबुमाले तोडेको भ्रम
-
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज
-
बोर्ड तथा परिषद हटाउने प्रयास गर्दै बागमती सरकार
-
सङ्घ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित तीन वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना