कलङ्की अन्डरपासमा ‘हिट एन्ड रन’ केसः मोटरसाइकललाई ठक्कर दिने टिपर फेला पर्यो
काठमाडौँ । कलङ्कीस्थित अन्डरपास सडकमा बुधबार राति मोटरसाइकललाई ठक्कर दिएर फरार रहेको टिपरको पहिचान भएको छ । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको थियो । मोटरसाइकल चालक राकेशकुमार चौधरी र पछाडि सवार मुन्ना चौधरीको मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार दुर्घटनामा संलग्न टिपर नख्खुस्थित एउटा ग्यारेजमा फेला परेको हो । उनले दुर्घटनामा बा ४ ख ८५६९ नम्बरको टिपर संलग्न रहेको र उक्त टिपरलाई फेला पारिएको रातोपाटीलाई जानकारी दिए ।
चारवटा टिपर एकसाथ आएकोमा ओभरटेक गर्ने क्रममा बा४ख ८५६९ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिएको बोगटीको भनाइ छ । उक्त टिपर रामेछापका अरुण खड्काको स्वामित्वमा रहेको र खड्का सम्पर्कमा आइसकेको उनले जनाए ।
टिपरका चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ र सुदूरपश्चिम भिड्दै, जितको लय कायम राख्ने लक्ष्य
-
पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
राजधानीमा ‘निहाओ चाइना’ कार्यक्रम : नेपाल– चीन पर्यटन प्रवर्द्धनको प्रयास
-
जनकपुर बोल्ट्सको लगातार तेस्रो जित, पोखरा एभेन्जर्स फेरि स्तब्ध
-
मन्त्री भण्डारी र समकक्षी भारतीय मन्त्री जोशीबिच भेटवार्ता
-
त्रिभुवन विश्वविद्यालयले नीति अधिवेशन गर्दै