दीपक मनाङेले झापड हानेका मिलन गुरुङ २ लाख धरौटीमा छुटे
बिहीबार, २३ माघ २०७६, १४ : ०२
पोखरा । दीपक मनाङेको झापड खाएका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष मिलन गुरुङ जेलबाट छुटेका छन् । उच्च अदालत पोखराको आदेशमा २ लाख धरौटी तिरेर मिलन छुटेका हुन् ।
मिलनलाई फागुन १९ मा उपस्थित हुने गरि तारेखमा छाडेको उच्च अदालत पोखराका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए । बैकिङ कसुर अन्तर्गतको जाहेरीमा उनलाई प्रहरीले हिरासतमा लिएको थियो ।
यसअघि पोखरामा आयोजित मुख्यमन्त्री कपको उद्घाटन समारोहमा फितलो व्यवस्थापन गरेको र खेलाडिलाई बे वास्ता गरेको अभियोगमा गण्डकी प्रदेशका सांसद दीपक मनाङेले झापड हानेका थिए । मनाङेको झापड खाएपछि मिलनले उजुरी दर्ता गराएका थिए ।
प्रहरीले मनाङेलाई ३ दिन हिरासतमा राखेको थियो । उनी साधारण तारिखमा छुटिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण