पुँजी बजारमा माछापुच्छ्रे क्यापिटलको आगमन
काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेड संचालनमा आएको छ ।
आज एक औपचारिक कार्यक्रमका बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोद्वारा संयुक्त रुपमा माछापुच्छ्रे क्यापिटलको उद्घाटन भयो । माछापुच्छ्रे क्यापिटलका अध्यक्षमा सन्तोष कोइराला रहेका छन् ।
उक्त समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले माछापुच्छ्रे क्यापिटलले देशको खुम्चिएको पुँजी बजार क्षेत्रको विकास गर्न तथा नयाँ क्षेत्रहरुको पहिचान गरी नयाँ कार्यक्रमहरु बजारमा ल्याउन सफल होस भन्ने शुभकामना व्यक्त गरे । साथै, पुँजी बजार क्षेत्रमा नविनता ल्याउन जरुरी भएको परिप्रेक्ष्यमा यस क्यापिटलले थप व्यवसायिकता र थप नयाँ कार्यशैली सहित मर्चेन्ट बैकिङ्ग क्षेत्रमा प्रवेश गर्ने बिश्वास लिएको बताए ।
त्यस्तै, माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले माछापुच्छ्रे क्यापिटललाई व्यवसायिक शुभारम्भको अवसरमा बधाई दिए । उनले क्यापिटलले आफ्नो व्यवसाय बिस्तारको क्रममा राजधानी भित्र मात्र नभै देश भरी रहेका लगानीकर्ताहरुलाई सेवा पु¥याउनु पर्नेमा जोड दिँदै अन्य सेवाको रुपमा क्यापिटललाई विस्तार गर्ने प्रतिवद्घता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण