बंगलादेश पुगेका अभियन्ता रायलाई राजदूतको प्रशंसापत्र
काठमाडौं । एकजना बंगलादेशी नागरिकको परिवारलाई खोज्न बंगलादेश पुगेका समाजिक अभियन्ता सरोज रायलाई बंगलादेशका लागी नेपाली राजदूत वंशीधर मिश्रले प्रशंसापत्र प्रदान गरेका छन् । राजदूत मिश्र र अभियन्ता रायबीच माघ २१ गते भेटघाट भएको थियो । सो भेटघाटको क्रममा समाजिक अभियानमार्फत पीडित व्यक्तिलाई गरेको उद्धार सराहनीय रहेको भन्दै राजदूत मिश्रले रायको प्रशंसा गरेका थिए ।
रायले साउदी जेलमा रहेका उमेश यादवलाई फाँसी हुनबाट जोगाई फर्काएर नेपाल ल्याएकामा पनि राजदूतले प्रशंसा गरेका थिए । केहि दिन अगाडि एक बगंलादेशी नागरिकको घरपरिवार खोज्न तथा मानिकगञ्ज शहरमा युके निवासी डा.कुरेशी र अकिज टेक्सटाइट कम्पनीको सहयोगमा आयोजित निशुल्क कृतिम खुट्टा लगाउने शिविरमा स्वयम सेवाका लागी राय बंगलादेश पुगेका हुन् ।
जुन व्यक्तिको घरपरिवार पनि खोज्न त्यहाँ गएका थिए । त्यसका लागि रायले निकै प्रयास गरे । बंगलादेशीलाई नेपालमा अलपत्र रहेका बंगलादेशीको फोटो र भिडियो देखाएका थिए तर उनको घरपरिवार फेला नपरेको रायले बताए । यद्यपि उनको खोजी कार्य जारी राख्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण