श्रीएयरलाइन्सको काठमाडौं–पोखरा उडान सुरु
काठमाडौं । श्री एयरलाइन्सले शुक्रबारबाट काठमाडौं–पोखरा उडान शुरु गरेको छ । ८० सिट क्षमताको ड्यास एट क्यु ४०० जहाजबाट उडान सुरु गरेको एयरलाइन्सले जनाएको छ । श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले काठमाडौं–पोखरा–काठमाडौं दैनिक २ वटा उडान गर्ने र मागअनुसार ५ वटासम्म उडान गर्ने योजना रहको बताए । पोखरा पर्यटकीय क्षेत्र भएको र पर्यटन वर्ष २०२० लाई लक्षित गरी पोखरा उडान सुरु गरेको उनले बताए । उनले केही दिनका लागि काठमाडौंदेखि पोखरासम्मको भाडा २ हजार रुपैयाँ र पोखरादेखि काठमाडौंको भाडा २ हजार ६ सय रुपैयाँ तोकिएको बताए ।
एयरलाइन्सका क्याप्टेन भरतसिंह थापाले ड्यास एट क्यु ४०० जहाज सानो रनवेमा पनि जान सक्ने र तीब्र गतिमा उडन सक्ने बताए । उनले ठुलो जहाज भएकाले नेपाली आकासमा ट्राफिक समेत कम हुने बताए । श्रीले यसअघि ६ वटा जहाजबाट भद्रपुर, विराटनगर, राजबिराज, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका विमानस्थलमा सेवा दिँदै आएको छ । सेवा बढाउँदै जाने रणनीति अनुसार श्रीले थप तीनवटा ड्यास एट क्यु ४०० जहाज खरिद गर्ने योजनामा रहेको प्रबन्धक मानन्धरले बताए । उनले नेपाली यात्रुलाई जस्तै विदेशी यात्रुलाई समेत तीनवटा भाडादर उपलब्ध गराएको बताए । भाडादर अन्य एयरलाइन्सको भन्दा कम हुने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण