एकैपटक पाँच सचिव पद रिक्त भएपछि सरकारले थाल्यो नयाँ सचिव बढुवा प्रक्रिया
निजामती सेवाको सर्वोच्च पद मानिने पाँच सचिव पद एकैपटक रिक्त भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रिया छिट्टै थाल्ने भएको छ । सरकारले एक साताभित्रै रिक्त पदमा नयाँ सचिव ल्याउनेगरी गृहकार्य अगाडि बढाएको छ ।
निजामती सेवा ऐनअनुसार रिक्त एक सचिव पदका लागि तीन जनाको सिफारिस हुने प्रावधान छ । सरकारले रिक्त सचिव पदमा पालैपालो सहसचिवलाई बढुवा गर्ने तयारी गरेको हो ।
पछिल्ला वर्षमा ज्येष्ठताका आधारमा नै सचिव बढुवा हुने परम्परा बस्दै आएको छ । सिफारिसमा एक नम्बरमा पर्ने सहसचिव नै स्वतः सचिव हुने भएकाले सचिव बन्न दौडधूप गर्ने पद्धति भने बन्द भएको छ ।
लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने सचिव बढुवा सिफारिस समितिले सचिव रिक्त हुनासाथ पालैपालो बढुवा गर्ने पद्धतिको विकास गर्दै आएकाले बढुवा प्रक्रिया विवादरहित हुँदै आएको छ ।
गृहसचिव प्रेमकुमार राई, अर्थसचिव राजन खनाल, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य र नेपाल ट्रस्टका गजेन्द्र ठाकुर भर्खरै मात्रै सेवा निवृत्त भएपछि सचिव पद रिक्त भएको हो । यसैगरी, कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले पनि पदावधि सकिनुअगावै राजीनामा दिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण