रातोपाटी डटकमको हिन्दी संस्करण सुरु
काठमाडौँ । डिस्कभरी न्यूज नेटवर्कद्वारा प्रकाशित रातोपाटी डटकमको हिन्दी संस्करण शुभारम्भ गरिएको छ । विश्वभरी छरिएर रहेका हिन्दी भाषीलाई लक्षित गरेर रातोपाटीले हिन्दी संस्करण पनि सुरुवात गरेको रातोपाटीका संस्थापक प्रधानसम्पादक ओम शर्माले बताए ।
‘हामीले नेपालसहितका विश्वभरका हिन्दी भाषीलाई मध्यनजर गर्दै नेपाल तथा विश्वभरका घटनाक्रमलाई हिन्दीभाषामा पस्किने प्रयासको थालनी गरेका छौँ’, शर्माले भने, ‘पलपलका घटनाक्रमलाई अब हामी हिन्दी भाषामार्फत पनि निरन्तर पस्कदै जानेछौँ ।’ रातोपाटीको हिन्दी संस्करण www.hindi.ratopati.com लगअन गरेर पढ्न सकिन्छ ।
रातोपाटीका प्रधान सम्पादक जिवेन्द्र सिम्खडाले देशको आधा जनसंख्या तराई भूभागमा बसोबास गर्ने र उनीहरुको आ–आफ्नै मातृभाषा भएपनिसम्पर्क भाषाको रुपमा हिन्दी प्रचलित रहेकाले हिन्दी संस्करणले उनीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।
सिम्खडाले हिन्दी विश्वमा तेस्रो धेरै बोलिने भाषा भएकाले रातोपाटीको हिन्दी संस्करणमार्फत झण्डै ५५ करोड हिन्दीभाषीमाझ नेपालको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधि सम्प्रेषित हुने पनि बताए ।
रातोपाटीको यसअघि नै अंग्रेजी, प्रदेश र ग्लोबल संस्करण सञ्चालनमा आइसकेको छ भने रातोपाटी अनलाइन टिभी पनि सञ्चालित छ ।
‘सबैको, सबैभन्दा राम्रो’ मूल मन्त्र बोकेको रातोपाटी ७ वर्षअघि (२०७० जेठ २७) देखि सञ्चालनमा आएको हो । छोटो समयमै नेपालको मुलधारको अग्रणी अनलाइन बन्न सफल रातोपाटी दिनहुँ लाखौ पाठकले भिजिट गर्छन् ।
राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुमा विशेष केन्द्रित रातोपाटी डटकममा छिनछिनका ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु पोस्ट हुँदै आएका छन् । त्यसैगरी, विश्वभर छरिएर रहेको नेपाली ‘डायोस्परा’का हालखबर र अन्तर्राष्ट्रिय समाचारलाई समेत रातोपाटीले प्राथमिकताका साथ प्रकाशित गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण