अव इन्टरनेटबाटै पत्रकारिताको पढाइ, सुरु भयो ‘रेडियो ल्याव’
काठमाडौं– इन्टरनेटमार्फत पत्रकारिताको पढाइका लागि ‘नेपाल रेडियो ल्याव’को सुरुवात भएको छ ।
सञ्चार क्षेत्रमा लाग्न चाहने र लागेकाहरुलाई ज्ञान, सिप सिकाउन र उनीहरुको क्षमता अभिवृद्धि गर्नका लागि एन्टेना फाउण्डेशन नेपालको पहलमा नेपाल रेडियो ल्यावको सुरुवात भएको हो । योसँगै अव रेडियो ल्यावमार्फत पत्रकारिताको ज्ञान हासिल गर्न सकिने भएको छ ।
रेडियो ल्यावमा श्रब्यदृष्य, अन्तरक्रिया, खेल, मनोरञ्जनको माध्यमबाट पढ्ने र पढाउने सुविधा हुने छ । रेडियो ल्यावमा तालिम तथा सिकाइका लागि विभिन्न सामाग्रीहरु पनि उपलब्ध हुने भएकाले पत्रकारिता गर्न चाहनेहरुका लागि विभिन्न पाठ्यक्रम सामाग्रीहरु पनि उपलब्ध छन् ।
‘नेपाल रेडियो ल्याव’को सुरुवात कार्यक्रममा नेपाल खुला विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर लेखनाथ शर्माले नेपालमा अनलाइन तथा इन्टरनेटको माध्यमबाट औपचारिक शिक्षा लिने र दिने कार्य चुनौतीपूर्ण रहेको बताए । यस्तो अवस्थामा रेडियो ल्याव सुरु भएको र यसले सवैको विश्वास जित्ने विश्वास व्यक्त गरे । उनले, खुल्ला विश्वविद्यालयले विगत केही वर्षदेखि इन्टरनेटकै मार्फत पढाइरहेको भएपनि इन्तरनेटको सहज पहुँच र खुल्ला शिक्षाबारे बुझाइको कमीले गर्दा यस्तो पद्धती प्रभावकारी हुन नसकेको बताए ।

कार्यक्रममा फाउण्डेशनका कार्यकारी निर्देशक विनयशेखर गुरागाईले रेडियो ल्यावमा तालिम र सिकाइका लागि प्रयाप्त सामाग्रीहरु हुने भएकाले विज्ञ प्रशिक्षकहरुबाट सशुल्क र निःशुल्क रुपमा सिक्न र सिकाउन सकिने बताए ।
त्यसैगरी, फाउण्डेशन नेपालका कार्यक्रम संयोजक संघर्ष पन्तले पत्रकारिता सिक्न चाहनेहरुका लागि छिटो र सस्तोमा सिक्न सकिने भएकाले पनि रेडियो ल्याव प्रभावकारी हुने बताइन् । उनले अव आमसञ्चार तथा पत्रकारिताका विद्यार्थी र पत्रकारिता गरिरहेकाहरुले अव सिपको अभाव महसुस गर्नु नपर्ने दिन आएको बताइन् ।

कार्यक्रममा सहभागि पत्रकारहरुका अनुसार इन्टरनेटमार्फत सिक्ने र सिकाउने पद्धती भएपनि सिक्ने र सिकाउनेका लागि नयाँ नयाँ शैलीहरु अवलम्बन गर्न सकेमा इन्टरनेटमार्फत गरिने पढाई प्रभावकारी हुने थियो । जसले व्यवसायिक पत्रकारीतामा थप टेवा पुग्ने थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण