कुकुरलाई बचाउने प्रयासमा खसे, उद्धार कार्य जारी
सोमबार, २७ माघ २०७६, १० : २९
पोखराको चाइना पुलको अगाडिबाट एक व्यक्ति सेतीनदीको खोँचमा खसेका छन् ।
अन्दाजी २२, २३ वर्षका आकाश गुरुङ बिहान कुकुरलाई डोहोर्याइरहेको क्रममा खसेको बुझिएको छ । सुरुमा उनको कुकुर खसेको र कुकुरलाई बचाउने क्रममा उनी आफैं पनि लडेर खोँचसम्म पुगेका हुन् ।

उनी लडेको जानकारी प्राप्त भएपछि स्थानीयको सहयोगमा प्रहरी अधिकारीले तत्काल उद्धार कार्य सुरु गरेको थियो । अहिले उनको उद्धार कार्य जारी छ ।
ग्यारेजमा काम गर्ने आकाश कामको सिलसिलामा कास्कीमा आएको बुझिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण