कोरोनाको कहरः ३७ सय यात्री ७ दिनदेखि समुद्रमा फसे, क्रुजका १३५ व्यक्ति संक्रमित
जापानको योकोहामा नजिकै क्वारेन्टानको लागि छोडिएको क्रुजभित्रका १३५ यात्रीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितको संख्या बढ्दै गएपछि क्रुजभित्रका चालक दलका सदस्यले सहयोगको याचना गरेका छन् । यसले जहाजभित्रका करिब ३७ सय यात्रीलाई किनारामा राखेर स्वास्थ्य परीक्षण गर्ने कि जहाजभित्रै छोडिदिने भन्ने विवाद निम्त्याएको छ ।
डायमन्ड प्रिन्सेस क्रुजमा ६५ जना नयाँ संक्रमित भेटिएकामध्ये ११ जना अमेरिकी छन् । सोमबारसम्ममा जहाजभित्र १३५ यात्री संक्रमित भेटिएका हुन् ।
‘निकै चाँडै यहाँ भएका हामी सबैजना संक्रमित हुनेछौं,’ भारतीय नागरिक विनय कुमार सरकारले बताए । विनय कुमार जहाजभित्रका चालक दलका हजार सदस्यमध्येका एक हुन् । सरकारले फेसबुकमा भिडियो पोष्ट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष सहयोगको गुहार लगाएका छन् । एक अन्तर्वार्तामा उनले भने, ‘अब को संक्रमित हुने होला भनेर सबैजना त्रसित छौं ।’
यात्रीलाई झैं चालक दलका सदस्यलाई आफ्नो छुट्टै कोठाको व्यवस्था छैन । आफूहरु एउटा कोठाभित्र चारजनासम्म बस्न बाध्य भएको विनय कुमारले बताए । जहाजभित्र दिइने खाना पनि उनीहरुले बाँडिरहेको हुँदा, धेरैजनाको सम्पर्कमा आउने र संक्रमित हुने सम्भावना अत्यधिक भएको उनले बताए ।
हङ्कङ्का एक व्यक्तिलाई फेब्रुअरी १ तारिखमा कोरोनाको संक्रमण पुष्टि भएपनि उनलाई फेब्रअुरी ५ मा मात्रै सबैबाट अलग राखिएको बताइएको छ । जसका कारण कोरोना भाइरसमाथि लापरवाही गरिएको भन्दै जापानी सरकारको व्यापक आलोचना पनि भएको छ । विशेषज्ञले यस्तो गरिनुको कुनै औचित्य नभएको र यो निकै खतरनाक भएको बताएका छन् ।
‘यो त भाइरसका लागि युद्ध क्षेत्र जस्तै भयो । यो निकै भयानक हो,’ जोन्स होप्किन्स फर हेल्थ सेक्युरिटीका वरिष्ठ अधिकारी अमेश अदाल्जाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण