भरतको ५० गोलसँगै आर्मी उपाधि नजिक
काठमाडौं । कप्तान भरत खवासले लिगमा करियरको ५० औँ गोल पूरा गरेसँगै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि नजिक पुगेको छ । एन्फा मैदानमा मङ्गलबार भएको खेलमा आर्मीले ब्रिगेड ब्वाईज क्लबलाई ३–० गोलले हरायो ।
आर्मीको जीतमा कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । भरतले पाँचौँ मिनेटमा जर्ज प्रिन्स कार्कीको पासमा हेडमार्फत सुरुवाती गोल गरेका थिए । भरतको यो लिग करियरको ५० औँ गोल हो ।
गोलमा अर्धशतक पूरा गरेका भरतले १० बर्षअघि नेपाल पुलिस क्लबबाट लिग फुटबल खेल्न सुरु गरेका थिए । उनी अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका तेस्रो ब्याजका खेलाडी हुन् । भरत पुलिस हुँदै आर्मी गएका थिए ।
दोस्रो गोल विकास तामाङले ५४औं मिनेटमा गरे । विकासले सन्तोष तामाङको पासमा डेड गोल गरेका थिए । ७०औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सजिलै जिताए । टेकबहादुर म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
ब्रिगेडसँगको जितसँगै आर्मी उपाधिको सङ्घारमा उभिएको छ । शीर्ष स्थानमा रहेको आर्मीले १२ खेलबाट २९ अंक बनाएको छ । आर्मी दोस्रो स्थानमा रहेको मच्छिन्द्र भन्दा एक अंकले अगाडी छ । मच्छिन्द्रको २८ अंक छ । आर्मीसँग पराजित ब्रिगेड आठ अङ्क सहित १२औँ स्थानमा छ ।
आर्मी र मच्छिन्द्रबीचको अन्तिम खेलले नै उपाधिको छिनोफानो हुनेछ । नेपाली फुटबलमा प्रयाप्त भौतिक संरचना र सुविधा भएरपनि आर्मीले अहिलेसम्म लिगको उपाधि जित्न सकेको छ । त्यसैले अन्तिम खेलमा मच्छिन्द्रलाई हराउन सके आर्मीले नयाँ इतिहास रच्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण