आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एक पक्राउ
सूचना पाएको आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको दरबारमार्गबाट राति हराएको मोटरसाइकल बिहान ३ः०० बजेको समयमा कलङ्कीमा फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा गोरखाका मिलन न्यौपाने रहेका छन् ।
महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सूचना प्राप्त भएको आधा घण्टाको समयमा नै हराएको मोटरसाइकल फेला परेको जानकारी दिए । “हामीलाई बा ४८ प ६१८६ नम्बरको स्कुटर हराएको भनेर दरबारमार्गस्थित ट्राफिक प्रहरीमा सूचना आयो, सबै मातहतका युनिटलाई तत्कालै खबर ग¥यौँ, कलङ्कीमा बसेका ट्राफिक प्रहरीले मोटरसाइकलसहित मानिसलाई पक्राउ गर्न सफल भए”, श्रेष्ठले भने ।
उनले कुनै पनि घटना समयमै जानकारी गरायो भने त्यसको कारण खोज्न र हराएका वस्तु फेला पार्न सजिलो हुन्छ भन्ने यो एउटा उदाहरण भएकोसमेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण