नवनियुक्त महानिरीक्षक ज्ञवाली दर्ज्यानी चिन्हबाट सुशोभित
बुधबार, २९ माघ २०७६, १३ : ४७
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् । गृहमन्त्रालयमा बुधबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई दर्ज्यानी चिन्हबाट
सुशोभित गरेका हुन् । समारोहमा गृहसचिव न्यौपानेले सरकारको तर्फबाट ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै कार्यकाल सफलताको कामना गरेका छन् ।
उक्त अवसरमा महानिरीक्षक ज्ञवालीले व्यवसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पदमा पदोन्नति गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त गरेका थिए ।
मन्त्रीपरिषद्को माघ २८ गतेको निर्णयअनुसार माघ २९ गतेबाट लागू हुने गरी ज्ञवालीलाई प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण