कारगारमा श्रीमान् श्रीमतीबीच १५ मिनेटको त्यो भेटघाट
–वीरेन्द्र कर्ण
पर्सा । निधारभरि चिन्ताको रेखा, मुहारभरि पछुतोपन लिएर जब सञ्जय थारु र उनका श्रीमती काजल लखेरको एक्कासि भेट हुँदा एकछिन वातावरणमा शून्यता छायो । श्रीमान्, श्रीमती दुवै जना वीरगञ्ज कारागारमा मानब बेचबिखन मुद्दामा कैद सजाय काटिरहेका छन् । छुट्टाछुट्टै कोठामा बसेका तिनीहरुलाई एकापसमा भेट्ने साइत जुराइदिएको छ, वीरगञ्ज कारागार व्यवस्थापन पक्षले ।
उनीहरुले जब एकापसमा भेटे तब उनीहरु अघिल्ला दिनहरुलाई सम्झे र भक्कानु हुने गरी रोए । एकापसमा दुःख सुखको कुरा गरे, घरपरिवारको चिन्ता व्यक्त गर्दै आफूहरुले गरेको अपराधप्रति घृणा व्यक्त गर्दै १५ मिनेटको वर्तालापपछि पुनः कारागारको आआफ्नो कोठातिर लागे, बाँकी सजाय भोग्न ।
यस्तै दृश्य देखियो, वीरगञ्ज मुर्लीका दिनेश मण्डल र उनकी श्रीमती ममता मण्डलको । मण्डल दम्पती पनि अवैध लागुऔषध कारोवार मुद्दामा सजाय काटिरहेका छन् । सो कारागारभित्र ११ जोडी श्रीमान् श्रीमती विभिन्न मुद्दामा सजाय काटिरहेका छन् ।
कारागारभित्र विभिन्न मुद्दामा सजाय काटिरहेका ११ जोडी श्रीमान् श्रीमतीलाई महिनामा एकचोटि १५ मिनेटको लागि कडा सुरक्षाबीच भेटघाट गर्ने वातावरण मिलाइएको छ, वीरगञ्ज कारागारका प्रमुख श्रवणकुमार पोखरेलले भने, ‘यो कारागार मानव अधिकारमैत्री भएकाले महिनामा एकचोटि कैदी जीवन बिताइरहेका श्रीमान्, श्रीमतीलाई भेट्ने वातावरण बनाइएको छ ।’
विसं १९९५ भन्दा अघि राणा शासनकालमा निर्माण भएको सो कारागार १२ हजार ९९४ दशमलव ६ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । एक हजार कैदीबन्दी अटाउने क्षमता भएका सो कारागारमा एक हजार ३६३ कैदीबन्दी रहेका छन् । तीमध्ये ९७ महिला र चार आश्रित बालबालिका छन् । पुरानो संरचनाका कारण कारागारभित्र सुरक्षा चुनौती बढेकाले जेलब्रेक हुने सम्भावना बढी रहेको प्रमुख पोखरेलको भनाइ छ ।
कारागारभित्र आउने कैदीबन्दीमध्ये ३९ प्रतिशत लागुऔषध कारोवारमा सजाय पाएका रहेका छन् भने २०७ विदेशी कैदीमध्ये दुई पाकिस्तानी नागरिक तथा १०५ भारतीय रहेका छन् । कारागारभित्र विभिन्न मुद्दामा सजाय काटिरहेका ११ जोडी श्रीमान्, श्रीमती रहेको र उनीहरुलाई महिनामा एकचोटि १५ मिनेटको लागि कडा सुरक्षाबीच भेट्ने वातावरणसमेत बनाइएको बताइएको छ ।
कारागारभित्र रहेका सबै कैदीबन्दीका लागि प्रतिदिन विद्युतीय हाजिरी (इहाजिरी) को व्यवस्था मिलाइएको छ । यसका लागि सातवटा विद्युतीय हाजिरी मेशिन राखिएको छ । कारागारभित्र रहेका पाँच एचआइभी सङ्क्रमित कैदीमध्ये एक महिलाको मृत्यु भएको छ । बाँक चारजना एचआइभी सङ्क्रमितको नियमित औषधि खुवाउने काम भइरहेको कारागार प्रशासनले जनाएको छ ।
आफूले गरेको अपराधमा सजाय काटिरहेका यी ११ जोडीलाई महिनामा एकचोटि भएपनि १५ मिनेटका लागि भेटघाट गर्ने वातावरण जुडाइ दिएकोमा कारागार व्यवस्थापकप्रति ती कैदीबन्दीले कृतज्ञता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
-
बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण