शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता

शनिबार, ०६ असार २०८३, ०३ : ५६
शनिबार, ०६ असार २०८३

सारांश

  • विश्वकप २०२६ अन्तर्गत स्कटल्याण्ड र मोरक्कोबीचको खेलमा मोरक्कोले २ मिनेटमै गोल गर्दै नयाँ कीर्तिमान बनाएको छ ।
  • मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले खेल सुरु भएको २ मिनेट नपुग्दै गोल गरेपछि मोरक्कोले १-० को अग्रता लिएको छ ।
  • यो गोल २०२६ को विश्वकप संस्करणमा हालसम्म भएको सबैभन्दा छिटो गोल हो ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत बोस्टन स्टेडियममा जारी स्कटल्याण्ड र मोरक्कोबिचको खेलमा नयाँ कीर्तिमान बनेको छ । खेल सुरु भएको दोस्रो मिनेट भित्रै (७१ सेकेण्ड) मोरक्कोले गोल गर्दै जारी विश्वकपको सबैभन्दा छिटो गोलको रेकर्ड बनाएको हो ।

मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले खेल सुरु भएको २ मिनेट नपुग्दै बललाई जाली चुमाएपछि मोरक्कोले १–० को सनसनीपूर्ण सुरुवाती अग्रता लिएको छ । २०२६ को यस संस्करणमा हालसम्म भएका खेलहरूमध्ये यो नै सबैभन्दा छिटो भएको गोल हो ।

पहिलो खेलमा हाइटीलाई हराएर उच्च मनोबलमा रहेको स्कटल्याण्ड यो सुरुवाती गोलसँगै दबाबमा परेको छ । अघिल्लो खेलमा ब्राजिललाई बराबरीमा रोकेको मोरक्को भने आजको खेलमा निकै आक्रामक रूपमा प्रस्तुत भएको छ । यो अग्रतालाई कायम राख्न सकेमा मोरक्कोको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप