कोरोना भाइरसबाट हालसम्मकै उच्च संख्यामा एकै दिन २४२ को मृत्यु, मर्ने सबै हुवेई प्रान्तका
चीनका स्वास्थ्य अधिकारीका अनुसार कोरोनाभाइरस प्रकोप (कोभिड–१९)बाट बुधबार एकै दिन २४२ को मृत्यु भयो । मर्ने सबै प्रकोपको उद्गमस्थल हुवेई प्रान्तका छन् ।
योसँगै प्रकोपबाट मर्नेको संख्या १३६२ पुगेको छ । प्रान्तका स्वास्थ्य आयोगका अनुसार बुधबार मृतकको संख्यामा मात्र होइन नयाँ विरामीको संख्यामा पनि उलेख्य वृद्धि देखियो ।
आयोगका अनुसार बुधबार मध्य–रातअघिको २४ घण्टामा १४,८४० नयाँ कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।
प्रकोपको उद्गमस्थल हुवेई प्रान्तको स्वास्थ्य आयोगले जारी गरेको एक वक्तव्य अनुसार नयाँ चिकित्सकीय विधिबाट समेत विरामी पहिचान गर्न थालिएको छ ।
अघिल्लो हप्ता सरकारी संचारमाध्यमले हुवेईले प्रकोपको पुष्टि गर्नको लागि सीटी स्क्यान प्रयोग गर्न थाल्ने बताएको थियो । यसबाट अस्पतालमा संक्रमितलाई अलग्याउन सहज हुने तिनले बताएका थिए ।
कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या चीनमा ५९,६५१ पुगेकोमा त्यसमध्ये ४८,२०६ जना हुवेई प्रान्तका मात्र छन् ।
त्यस्तै चीनबाहिर हालसम्म ४४५ जना संक्रमित भएका छन् । चिनियाँ अधिकारीका अनुसार हुवेई प्रान्तबाहिर भने विगत आठ दिनदेखि नयाँ संक्रमित देखिन क्रम घटिरहेको छ ।
त्यस्तै उपचारमा रहेकामध्ये ५ हजार ६ सय ४६ निको भएर घर फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण