माओवादी आन्दोलनको मूल नेतृत्व साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेको छ : मोहन वैद्य
काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपाली नयाँ जनवादी क्रान्तिले धक्का खाएको तर क्रान्तिको प्रक्रिया समाप्त नभएको बताएका छन् । जनयुद्ध भएको २५ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिँदै आफ्नो पार्टीले नेपाली तथा विश्व सर्वहारा क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट सिक्दै र माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले लागु गर्दै नेपाली नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको बताएका हुन् ।
माओवादी आन्दोलनभित्रै मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन र गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खान पुगेको वैद्यको भनाइ छ । ‘दश वर्षको महान जनयुद्ध, झापा विद्रोह र विभिन्न जनआन्दोलमा जनताले बगाएको रगतको आहालमा टेकेर सरकारमा पुगेका नेताहरुले आज घरेलु प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्दै साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेका छन्,’ वैद्यको आरोप छ ।
तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा ०५२ फागुन १ गते सुरु गरेको थियो । अहिले पच्चिसौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा नेकपा (क्रान्तिकारी माओवादी) देशभर जनयुद्ध दिवश मनाउन गइरहेको छ ।
पार्टीले जनयुद्धको प्रक्रियामा सहादत प्राप्त गर्ने वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ, वेपत्ता र घाइते तथा अपाङ्ग योद्धाहरु प्रति हार्दिक सम्मान व्यक्त गरेको छ ।
जनयुद्धको पच्चिसौँ वार्षिकोत्सवको उपलक्षमा हाम्रो पार्टी विभिन्न समूहमा छरिएर रहेका क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलबन्द भइ अगाडि बढ्न आह्वान पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण