सनराइज बैंकको ‘सनसाइन पपकर्न मेनिया’ योजना, फिल्मको टिकट किन्दा पपकर्न फ्रि
काठमाडौं– डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहक महानुभावहरुको लागि सनराइज बैंकले क्यूएफएक्स सिनेमासँग सहकार्य गरी ‘सनसाइन पपकर्न मेनिया’ नामक योजना ल्याएको छ ।
यही फाल्गुन २ गतेदेखि तीन महिनासम्म संचालन गरिने यस योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले क्यूएफएक्स सिनेमाका सम्पूर्ण सिनेमा हलहरुमा योजना अवधिभर कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपकर्न निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
यस योजनामा समावेश हुनको लागि ग्राहक महानुभावहरुले टिकट खरिद बापतको रकम सनराइज बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी क्यूएफएक्स सिनेमा स्थित पीओएस टर्मिनल मार्फत भुक्तानी गर्नुपर्नेछ ।
प्रति कारोबार अधिकतम पाँचवटा सम्म पपकर्न निःशुल्क प्राप्त गर्न सकिने बैकले जनाएको छ । सनराइज बैंकले केहि वर्ष अगाडी पनि क्यूएफएक्स सिनेमाको २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने लोकप्रिय योजना ल्याएको थियो ।
सोमबार आयोजित एक कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्विस्टको प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण