राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अभियान शुरु
बिहीबार, ०१ फागुन २०७६, २२ : १२
काठमाडौं । राष्ट्रिय जनमोर्चाको एक महिने सङ्गठनात्मक अभियान शुरु भएको छ । जनमोर्चाले देशभर सङ्गठन निर्माण गर्नका लागि शुरु गरेको अभियानको पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष केसीले जनमोर्चाको देशभरका सबै जिल्लामा सदस्यता वितरण तथा समिति निर्माण गर्न एक महिने अभियान सञ्चालन गरिएको बताए । उनले वर्तमान सरकार महँगी घटाउन असफल रहेको बताए । उनले भारतीय नक्शामा समावेश गरिएको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकाले सरकारले कूटनीतिक पहलमार्फत नेपाली नक्शामा समावेश गर्नुपर्ने उल्लेख गरे ।
राष्ट्रिय जनमोर्चा काठमाडौँका अध्यक्ष झविन्द्र बेल्वासेले अभियानले जनमोर्चाको सङ्गठनलाई थप बलियो बनाउने बताए । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी केही युवा जनमोर्चामा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण