कुवेतमा मृत्यु भएका ६ जनामध्ये ४ को सनाखत, को – को थिए ?
कुवेतको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोले पुरिँदा ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । ढिस्कोले पुरिँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
ज्यान गुमाउने ६ जना नेपाली कामदारहरु मध्ये पहिचान खुलेका चार नेपालीहरुमा पाल्पाका एक बहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेका छन् । भने बाँकी दुई जना मृतकको स्पष्ट विवरण आउने क्रममा रहेको कवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यसैगरी, घाइते मध्ये धर्मेन्द्र कुमार शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते मनोरथ मण्डल भने उपचारपश्चात कम्पनी फर्किएका दूतावासले जानकारी दिएको छ ।
ज्यान गुमाएका नेपालीहरु त्यहाँको चिनियाँ कम्पनीमा कार्यरत थिए । ब्लक १, एन फाइभमा काम गर्ने क्रममा उनीहरुमाथि बालुवा र ग्राभल खसेको थियो ।
घटनालगत्तै त्यहाँ २० वटा एम्बुलेन्स तथा जहरा फायर स्टेसन र टेक्निल रेस्क्यु सेन्टरका उद्धारकर्ता पुगेर तत्कालै उद्धारको काम सुरु गरेका थिए ।
घटनास्थलबाट सातजनाको उद्धार गरिएको थियो । जसमा ४ जनाको मृत्यु भएको थियो । अन्य तीन जनालाई तत्कालै जहरा अस्पताल लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण