कुमारी हलबाट सुरु भयो ‘सनराइज पपकर्न मेनिया’
काठमाडौं– सनराइज बैंकले क्यूएफएक्स सिनेमासँग सहकार्य गरी ल्याएकोे ‘सनराइज पपकर्न मेनिया’ को उद्घाटन क्यूएफएक्स सिनेमा कुमारी हलमा एक भव्य कार्यक्रमका साथ गरेको छ ।
शुक्रबार क्यूएफएक्स सिनेमा कुमारी हलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्वीस्टका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सो योजनाको सुरुवात गरेका थिए । क्यूएफएक्स सिनेमा कुमारी हलमा सिनेमा हेर्न आउने दर्शकहरुमाझ गरिएको उक्त कार्यक्रममा विभिन्न रमाइला खेलहरु संचालन गरी उपहारहरु समेत प्रदान गरिएको थियो ।
तीन महिनासम्म संचालन गरिने उक्त योजना अवधिभर सनराइज बैंकका ग्राहकरूले नेपालभरीका क् क्यूएफएक्स सिनेमा घरमा कुनैे पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पप्कर्न निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत प्रति कारोबार अधिकतम पाँचवटासम्म निःशुल्क पपकर्न प्राप्त गर्न सकिने बैंकले जनाएको छ । जसका लागि ग्राहकले टिकट खरिद बापतको रकम सनराइज बैैकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सो हलस्थित पिओएस टर्मिनल मार्पmत भुक्तानी गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण