बालक प्रशान्त !
–मिलनकान्छा किराती
बेइमानी समयले
टुहुरो बनाएपछि
यो बालमन्दिरको
कोठा, चोटा र आँगनभित्र
रहर थुनिएको छ !
खुसी खसेको छ
आशा मरेको छ ।
रोकिएको छैन आँसुको भेल
म प्रशान्त डुबिरहेछु ।
काठमाण्डू बाढीले बगाउँदैछ
बाढीको मुहान
मेरो आँखामा छ !
रोल्पाको म प्रशान्त
मन्दिरभित्र पनि किन अशान्त ?
शान्ति तब न मिल्दो रहेछ,
जब
बाआमा मन्दिरभित्र भेटिन्छन्
मन्दिरभित्र
रोकिएको छैन आँसुको भेल
म प्रशान्त डुबिरहेछु ।
अहिले,
थाहा भैरहेछ –मलाई !
मानिसहरू घरमा देवता छाडेर
मन्दिरमा ढुङ्गा पुज्दा रहेछन्
आफ्नो फाइदा लुटेर अरूलाई
बेकामे र स्वार्थी बुझ्दा रहेछन !
रोकिएको छैन आँसुको भेल
म प्रशान्त डुबिरहेछु ।
(आमाको लडेर मृत्यु, बाबुले आत्महत्या गरेपछि असहाय बनेका रोल्पाका बालक प्रशान्तप्रति समर्पित कविता । उनलाई आफ्नै काकाले काठमाडौँ बालमन्दिर ल्याएर छाडेका छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण