बगदादमा अमेरिकी दूतावास नजिकै रकेट हमला, चार महिनामा अमेरिकालाई निशाना बनाएर १९ औं हमला
इराकको राजधानी बगदादमा आइतबार बिहानै अमेरिकी दूतावास नजिकै थुप्रै रकेटमार्फत् हमला गरिएको छ । अमेरिकी सैन्य स्रोतले हमलापछि दूतावास परिसरमा सुरक्षा अलार्म बज्न थालेको बताएको छ । यद्यपि, कतिवटा रकेट हमला गरिएको थियो भनेर यकिन विवरण पत्ता लाग्न भने सकेको छैन । हमलामा कोही पनि हताहत भएका छैनन् ।
इराकको कट्टरपन्थी गुट हशद अल शाबीको इरान समर्थित गुट हरकत अल–नुजाबाले शनिबार अमेरिकी सैनिकलाई आफ्नो देशबाट निकाला गर्न उल्टो गन्ती सुरु भइसकेको बताएका थिए । त्यसको केही घण्टापछि नै अमेरिकी दूतावासमा हमला भयो ।
न्यूज एजेन्सी एएफपीका संवाददाताले आफूले थुप्रै विस्फोट सुनेको बताए । हमलाका बेला ग्रीन जोन नजिकै एयरक्राफ्टहरु पनि चक्कर लगाइरहेको देखिएको बताए । ग्रीन जोन बगदादको उच्च सुरक्षायुक्त इलाका हो जहाँ थुप्रै देशका दूतावास छन् ।
अमेरिकाले हमलाका लागि हश्द अल–शाबीलाई जिम्मेवार बतायोः
अमेरिकी दूतावास वा इराकमा तैनाथ ५ हजार २ सय अमेरिकी सैनिकलाई निशाना बनाइएको अक्टोबरपछि यो १९ औं हमला हो । हमलाको कसैले पनि जिम्मेवारी लिएको छैन तर अमेरिकाले इरान समर्थित गुटमा हशद अल– शाबीको नेटवर्कमाथि औंला उठाएको छ । यसमा आधिकारिक रुपमा इराकका सुरक्षाबल समावेश छन् ।
जनरल सुलेमानीको हत्यापछि पश्चिमी देशमा तनावः
डिसेम्बरको अन्त्यमा उत्तरी इराक बेसमा रकेट हमलामा एक अमेरिकी ठेकेदार मारिएका थिए । अमेरिकाले पश्चिमी इराकमा कट्टरपन्थी गुट हशख अल शाबीविरुद्ध जवाफी हमला गरेको थियो । जनवरी ३ मा बगदादमा अमेरिकी ड्रोन हमलामा जनरल कासिम सुलेमानी र हशद अल शाबीका सह–कमान्डर अबु महदी अल–मुशांदिसको मृत्यु भएको थियो । त्यसपछि इराकले तत्काल अमेरिकी सैनिकलाई आफ्नो देश फिर्ता हुन भनेको थियो । सुलेमानीको मृत्यु पछि नै पश्चिमी देशमा तैनाथ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण