शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतको आदेशपछि महराको ‘मौन अभिवादन’ !

सोमबार, ०५ फागुन २०७६, १४ : ५८
सोमबार, ०५ फागुन २०७६

काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महराको पक्षमा जिल्ला अदालत काठमाडौँले फैसला सुनाएलगत्तै महरा अदालतबाट बाहिरिएका छन् । अदालत परिसरमा कुनै प्रतिक्रिया नदिएपनि उनी प्रसन्न मुद्रामा देखिन्थे ।  अदालतबाट बाहिरिने क्रममा उनले गेटबाट सबै शुभेच्छुकलाई मुस्कानसहित अभिवादन गरेका थिए । 

त्यसलगत्तै उनी गाडी चढेर डिल्ली बजार कारागारतर्फ लागेका छन् । अब डिल्ली बजार कारागारले आवश्यक प्रक्रिया पूरा गरेर उनलाई रिहा गर्नेछ । 

संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो । 

जिल्ला  अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले उनलाई निर्दोष ठहर हो ।

अदालतमा उनीबारे आइतबार नै बहस सकिएको भएपनि फैसला आउन बाँकी थियो । त्यसका लागि सोमबार ११ बजे प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो । 

महरा बा २ झ ३९७८ नम्बरको गाडीमा चढेर अदालत पुगेका हुन् । महरा अदालत जाँदा पनि हात हल्लाउँदै र मुस्कुराउँदै पुगेका थिए । 

महराले सोही प्रकरणमा मुछिएपछि असोज १४ गते पदबाट राजीनामा दिएका थिए भने १९ गते पक्राउ परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप