अदालतको आदेशपछि महराको ‘मौन अभिवादन’ !
काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महराको पक्षमा जिल्ला अदालत काठमाडौँले फैसला सुनाएलगत्तै महरा अदालतबाट बाहिरिएका छन् । अदालत परिसरमा कुनै प्रतिक्रिया नदिएपनि उनी प्रसन्न मुद्रामा देखिन्थे । अदालतबाट बाहिरिने क्रममा उनले गेटबाट सबै शुभेच्छुकलाई मुस्कानसहित अभिवादन गरेका थिए ।
त्यसलगत्तै उनी गाडी चढेर डिल्ली बजार कारागारतर्फ लागेका छन् । अब डिल्ली बजार कारागारले आवश्यक प्रक्रिया पूरा गरेर उनलाई रिहा गर्नेछ ।
संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले उनलाई निर्दोष ठहर हो ।
अदालतमा उनीबारे आइतबार नै बहस सकिएको भएपनि फैसला आउन बाँकी थियो । त्यसका लागि सोमबार ११ बजे प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
महरा बा २ झ ३९७८ नम्बरको गाडीमा चढेर अदालत पुगेका हुन् । महरा अदालत जाँदा पनि हात हल्लाउँदै र मुस्कुराउँदै पुगेका थिए ।
महराले सोही प्रकरणमा मुछिएपछि असोज १४ गते पदबाट राजीनामा दिएका थिए भने १९ गते पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण