काठमाडौं–तराई द्रुतमार्गको बजेट खर्च न्यून
मङ्गलबार, ०६ फागुन २०७६, ०६ : ३७
राष्ट्रिय गौरव तथा प्राथमिकताप्राप्त पूर्वाधारका आयोजनामा पूँजीगत खर्च कम हुने समस्या काठमाडौं–तराईलाई जोड्ने ‘काठमाडौं–तराई द्रुतमार्ग आयोजना’मा पनि देखिएको छ ।
वार्षिक रूपमा उक्त आयोजनाका लागि सरकारले बजेट वृद्धि गर्दै आएको भए पनि खर्च भने सोहीअनुसार हुन सकेको छैन ।
नेपाली सेनाको व्यवस्थापनमा शुरू भएको ७२ दशमलव ५ किलोमीटर (किमी) उक्त दु्रतमार्ग निर्माणका लागि चालू आर्थिक वर्ष २०७६/७७ मा रू. १५ अर्ब बजेट सरकारले विनियोजन गरेको छ ।
तर, चालू आवको ५ महीना बितिसक्दा पनि आयोजनामा रू. ५३ करोड मात्रै खर्च भएको नेपाली सेनाले जानकारी दिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.क.ले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण