माधुरी दिक्षितको डेब्यू फिल्ममा ‘हिरो’ बनेका तापसको छोरीलाई भेटेर फर्कंदा निधन
बंगाली नायक तथा तृणमूल कांग्रेसका पूर्व सांसद तापस पालको मंगलबार हृदयघातका कारण निधन भएको छ । उनी आफ्नी छोरी भेट्न मुम्बई गएका थिए ।
भारतीय संचार माध्यमका अनुसार कोलकाता फिर्ता हुनका लागि जब उनी एयरपोर्टमा थिए तब उनलाई छाती दुख्यो । उनलाई जुहूको अस्पताल पुर्याइएको जहाँ उनको बिहान ४ बजे निधन भयो ।
समाचार एजेन्सी पिटिआईका अनुसार उनलाई पहिलेदेखि नै मुटुजन्य रोग थियो र पछिल्लो दुई वर्षमा थुप्रै पटक यसका कारण अस्पताल गइसकेका थिए ।
बंगाली नायक रंजीत मैलिकले पालको निधनमा भने, ‘मैले भर्खरै यसबारे जानकारी पाएको छु । उनको स्वास्थ्य केही दिन अघिदेखि नै ठिक थिएन ।’
पश्चिम बंगालको चन्द्रनगरमा जन्मिएका तापसले बायो साइन्समा हुगली मोहसिन कलेजबाट ग्रेजुएशन गरेका थिए । सन् १९८० मा उनले तरुण मजुमदारको बंगाली फिल्म दादर कीर्तिबाट डेब्यू गरेका थिए । फिल्ममा उनीसँग मधु रोय चौधरी, देबर्शी रोय र सन्ध्या रोग थिए । बंगाली सिनेमामा चार वर्ष काम गरेपछि तापसले आफ्नो पहिलो हिन्दी फिल्म ‘अबोध’ मा काम गरेका थिए ।
माधुरीको डेब्यू फिल्ममा गरेका थिए कामः
यो फिल्ममा उनले माधुरी दिक्षितको अपोजिटमा काम गरेका थिए र सन् १९८४ मा रिलिज भएको हिरेन नागद्वार निर्देशित यो फिल्म अबोधबाट माधुरी दीक्षितले हिन्दी सिनेमामा डेब्यू गरेकी थिइन् । आफ्नो ३० वर्षको करियरमा तापसले दिग्गज फिल्मी कलाकारसँग काम गरे । तापसीका श्रीमती नन्दिनी र छोरी सोहिनी पल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण