रुपन्देहीमा टिपरको ठक्करबाट १ जनाको मृत्यु
मङ्गलबार, ०६ फागुन २०७६, १७ : ३६
रुपन्देही । रुपन्देहीको भैरहवा–लुम्बिनी सडकखण्डमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भैरहवा–लुम्बिनी हुलाकी सडकखण्डअन्तर्गत मायादेवी गाउँपालिका–४ वनकसियामा टिपरले रुपन्देहीको मायादेवी गाउँपालिका–२ भिलरहवाका ६० वर्षीय रमेश लोधको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भैरहवाबाट लु २ प १८७९ नंको मोटरसाइकलमा लुम्बिनीतर्फ जाँदै गरेका लोधलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ३३१४ नंको टिपरले ठक्कर दिँदा घटनास्थल मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण