प्रजातन्त्र दिवसमा शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले भने–नेपालको प्रजातन्त्र सार्थक हुन सकिरहेको छैन
मङ्गलबार, ०६ फागुन २०७६, १८ : ५३
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको प्रजातन्त्र सार्थक हुन नसकिरहेको बताएका छन् । ७० औँ प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले आफ्नो देशदर्शन र वैदेशिक भ्रमणका क्रममा नेपालको प्रजातन्त्र जनजीवनको उत्थान, उमंग र उत्साहमा सार्थक हुन नसकिरहेको प्रतिक्रिया आउने गरेको बताएका हुन् ।
प्रजातन्त्र केही टाठाबाठाको लागि मात्रै नभएको भन्दै उनले सिंगो देश र जनताका लागि प्रतिफलकारी हुनुपर्ने बताएका छन् ।
शाहले प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण समेत गरेका छन् । पूर्वराजा शाह हाल भ्रमणको सिलसिलामा भारतमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण