पार्टी एकता विभाजनका लागि होइनः महासचिव पौडेल
सुर्खेत । सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले पार्टी एकता विभाजनका लागि नभएको बताएका छन् । मंगलबार कर्णाली प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले सो कुरा बताएका हुन् । ‘पार्टी एकता पार्टी विभाजनका लागि नभई पार्टीलाई एकताबद्ध बनाउनका लागि हो, यो एकता देशको समृद्धि सँग पनि जोडिन्छ’ महासचिव पौडेलले भने ।
विश्व कम्युनिष्ट आन्दोलनका लागि नेपाली कम्युनिष्ट आन्दोलन अध्ययनको विषय भएको बताउँदै महासचिव पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनले विश्वलाई नयाँ सन्देश दिएको बताए । कर्णालीलाई केन्द्र सरकारले अपमान गर्ने काम नगर्ने बताउँदै यो क्षेत्रको समृद्धिका लागि सरकार लागिपर्नेमा उनले जोड दिए । उनले भने, ‘कर्णाली सुन्दर प्रदेश हो, यसको समृद्धिका लागि सरकार लागिरहेको छ ।’

त्यस्तै कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले कर्णालीले जनयुद्ध र जनआन्दोलनका लागि निकै ठूलो भूमिका निर्वाह गरेको बताउँदै सरकारले जति हेर्नुपर्ने हो हेर्न नसकेको दाबी गरे ।
उनले भने, ‘कर्णाली निकै ठुलो जनाधार भएको प्रदेश हो, यो प्रदेशले जनयुद्ध र जनआन्दोलनलाई पूर्णरुपमा साथ दिएको छ, तर यसलाई सरकारले जति हेर्नुपर्ने हो त्यति हेर्न सकेको छैन ।’ नेता शर्माले पार्टी कार्यकर्ताहरुले इमान्दारिताका साथ देश र जनताको सेवामा लाग्नुपर्नेमा जोड दिँदै पार्टीको ४ महिने अभियानले शुद्धीकरणमा भूमिका खेल्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण