साउदी गएका महिलाले पाउँदैनन् तलब
बुधबार, ०७ फागुन २०७६, ०६ : ५४
रोजगारीका लागि साउदी अरब गएका मध्ये सप्लाई र कन्ट्राक्टिङ कम्पनीमार्फत् काम गरिरहेका नेपाली महिलाले महिनौंदेखि तलबसुविधा नपाउने गरेको पाइएको छ ।
साउदी अरबका अन्य रोजगारदातासँग काम गरिरहेका धेरै नेपाली महिला तलब नपाएर विचल्लीमा पर्ने गरेको पाइएको हो ।
यसरी बिचल्लीमा परेर नेपाली दूतावासमा उजुरी दिनेमध्ये सप्ताइ र कन्ट्राक्टिङ कम्पनीहरुमा काम गरिरहेका नेपाली महिला धेरै छन् । सोझै रोजगारीका लागि साउदी अरब जान महिला कामदारका लागि विभिन्न प्रक्रिया पार गर्नुपर्ने भएकाले यो प्रक्रिया छल्न सप्लाइ र कन्ट्राक्टिङ कम्पनीहरुमा पठाइने गरेको पाइन्छ । यस्ता कम्पनीमा काम गरिरहेका नेपाली महिलाहरु पारिश्रमिक, आवास। कार्यस्थल, घर फिर्ति, औषधोपचार लगायतका सुविधाबाट बञ्चित हुने गरेको दूतावासले जनाएको छ ।
यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण