भक्तपुरको उद्योग तथा व्यवसाय प्रवर्धनमा नबिल बैंक
भक्तपुर– नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघको संयुक्त प्रयासमा भक्तपुर जील्लाको उद्योग तथा व्यवसाय प्रवर्धनका लागि विशेष अन्तरकृया भएको छ ।
वाणिज्य संघको कार्यालयमा भएको अन्तरकृया कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ बीच बैंक र संघका सदस्यहरुलाई, व्यवसाय प्रवर्धन तथा बैकिङ्ग सेवा सुलभ तवरवाट उपलब्ध गराउने सम्बन्धी सम्झौता समेत भएको छ ।
सो कार्यक्रममा संघका पदाधिकारी तथा व्यवसायी सदस्यहरुबाट राखेका बैंक सेवा सुविधा सम्बन्धि जिज्ञासा उपर बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले जवाफ समेत दिएका थिए ।
यस सम्झौतासँगै नबिल बैंकले भक्तपुर उद्योग वाणिज्य संघका सदस्यका साथ साथै देशभरका व्यवसाय र उद्योग क्षेत्रको प्रवर्धन र संरक्षणको लागि बैंकले सदा सहयोग गर्ने शाहले जानकारी गराए । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘नबिल बैंकले भक्तपुर तथा देशभर रहेका व्यवसाय र उद्योग क्षेत्रलाई संरक्षण र उन्नतीको लागि नबिल बैंक तत्पर रहनेछ ।
व्यवसाय र उद्योग क्षेत्रको विकासका लागि भक्तपुर उद्योग वाणिज्य संघसँग सहकार्य गर्न पाउदा हामी निकै खुशी छौं । यो सहकार्यले उद्योग वाणिज्य क्षेत्रमा आवद्ध भएका व्यवसायहरुलाई लाभ हुने विश्वास हामीले लिएका छौं ।’
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले बैंकसँग सम्झौता गरी भक्तपुरका व्यवसाय र उद्योग क्षेत्रको प्रवर्धन गर्न बैंकको साथ पाउदा निकै खुशी लागेको बताए । उनले निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा बैकलाई धन्यबाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण