टाटा नेक्सनको खरिदमा उपहार पक्का
काठमाडौं– टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन नेपाली बजारमा अत्याधिक लोकप्रिय बन्न पुगेको छ ।
बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै सिप्रदी ट्रेडिङ्गले यस हप्ता रातो रङको नेक्सन गाडीको खरिदमा बिभिन्न किसिमका उपहार योजना ल्याएको छ ।
उक्त योजना अन्तर्गत मोवाइल फोन, ४० इन्च एचडी टिभी, वासिङ्ग मेसिन तथा डबलडोर रेफ्रिजेरेटर मध्ये कुनै एउटा रोजेर लैजान सकिनेछ । उक्त योजनामा सहभागी भई भरपुर फाईदा उठाउनुहुन सिप्रदीले अनुरोध गरेको छ ।
साथै यो योजना यस हप्ता( यो बुधबार ७ फाल्गुन देखि अर्को बुधबार १४ फाल्गुन सम्मको लागि मात्र लागु हुने जनाएको छ ।
टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पु¥याइएको छ ।
२०९ एम एम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ । एरोडाइनमिक सिलुएट भएको र स्पोर्टी डिजाइन रहेको टाटा नेक्सन पाँच वटा भेरियन्टहरूमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण