त्रिवि उपकुलपति कार्यालयमा तालाबन्दी
बुधबार, ०७ फागुन २०७६, १८ : ४९
काठमाडौं । तोकिएको समयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नगरेको आरोपसहित ७ बुँदे माग राख्दै समाजवादी विद्यार्थी युनियनको त्रिवि समितिले उपकुलपति कार्यालयमा तालाबन्दी गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयलाई अनलाइन प्रणालीमा लैजानुपर्ने, त्रिविको आवास गृहमा लापरबाही रोक्नुपर्ने, त्रिवि परिसरमा बनाइएको छाप्रा टहरा र पशुपालन हटाई शैक्षिक वातावरण बनाउनुपर्ने, त्रिविको शैक्षिक क्यालेन्डरलाई कडाईका साथ लागू गर्नुपर्ने, अदालतमा मुद्दा चलिरहेको प्राध्यापकलाई जिम्मेवारी मुक्त गर्नुपर्ने, प्राध्यापकले एकैदिन हप्तौंसम्मको हाँजिर गर्ने बेतिथी रोक्नुपर्ने, प्राध्यापकहरु फुलटाइम त्रिविमा अध्यापनमा लाग्नुपर्ने लगायतको माग राख्दै युनियनको त्रिवि समितिले आज उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण