शिवजी र सतीको कथाः नबोलाइकन कहिल्यै पनि कसैको घरमा नजानु
शुक्रबार महाशिवरात्री हो । यो दिन शिवजीको विशेष पूरा गरिन्छ । शिवजीसँग जोडिएका यस्ता थुप्रै प्रसंग छन् जसमा सुखी जीवनको सूत्र बताइएको छ । शिवजी र देवी सतीसँग सम्बन्धित एउटा कथा प्रचलित छ । यो कथामा नबोलाइकन कहिल्यै पनि कसैको घरमा जान नहुने बताइएको छ । आउनुहोस्, यो कथाबारे जानकारी लिऔं ।
शिवजी र सतीसँग जोडिएको यो कथा श्रीमद् देवी भागवत, शक्तिपिठांकसहित विभिन्न ग्रन्थमा बताइएको छ । यो कथा अनुसार देवी सतीका पिता दक्ष प्रजापति थिए । सतीले भगवान शिवसँग विवाह गरेकी थिइन् । यो विवाहमा दक्ष खुसी थिएनन् । दक्ष प्रजापतिले हरिद्वारमा भव्य यज्ञको आयोजना गरे र शिव–सती बाहेक सबै देवी देवतालाई निमन्त्रणा दिए । सतीले यो कुरा नारद मुनीमार्फत् थाहा पाएपछि उनी यज्ञमा जान तयार भइन् । शिवजीले सतीलाई नबोलाइएको यज्ञमा जान ठिक नभएको भन्दै नजान धेरै सम्झाए तर सती मान्न तयार भइनन् । शिवजीले अस्विकार गर्दा पनि सती आफ्नो पिताको घरमा आयोजित यज्ञमा पुगिन् ।
जब सती यज्ञ स्थलमा पुगिन् तब उनले यज्ञमा शिवजीबाहेक सबै देवी–देवतालाई आमन्त्रित गरेको देखिन् । यो देखेर सतीले पिता दक्षसाग शिवजीलाई नबोलाएको कारण सोधिन् । जवाफमा दक्षले शिवजीको अपमान गरे । आफ्नो पतिको अपमान सतीले सहन सकिनन् र उनले हवन कुण्डमा हाम फालेर आफ्नो प्राण त्याग गरिन् । जब यो कुरा शिवजीलाई थाहा भयो तब उनी निकै क्रोधित भए र शिवजीले अह्राएपछि वीरभद्रले दक्षको टाउको काटिदिए ।
पाठः
यो कथाबाट हामी के सिक्न सक्छौं भने कहिले पनि नबोलाइएको ठाउँमा वा कुनै कार्यक्रममा जानु ठिक हुँदैन । यदि जीवनसाथीले सही कुरा गरिरहेका छन् भने त्यो तुरुन्तै मान्नुपर्छ, सही कुराको कहिल्यै अनादर गर्नु हुँदैन । छोरी वा कुनै अन्य स्त्री समक्ष उनको श्रीमानको अपमान कदापी गर्नु हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण