आतंकवादीलाई सघाएको विषयमा चीनले पाकिस्तानविरुद्ध भारतलाई साथ दियो
एजेन्सी । आतंकवादी संगठनले प्राप्त गर्ने पैसा रोक्न असफल भएको भन्दै चीन र साउदी अरबले पाकिस्तानमाथि कडाई गर्ने भएका छन् । ती दुई देश यस मुद्दामा भारत र अमेरिकासँगै उभिएका छन् । चीन र साउदी अरबले भारत, अमेरिका र युरोपियन देशसँगै मिलेर पाकिस्तानलाई उसले ‘फाइनेन्सियल एक्सन टास्क फोर्स(एफएटीएफ)’सँग गरेको प्रतिबद्धता पुरा गर्न कडाई गर्ने सन्देश दिने फैसला गरेको छ ।
अब पाकिस्तानमाथि एफएटीएफको जूनको सत्रअघि आतंकवादी संगठनले प्राप्त गर्ने फण्डिङ् र सम्पत्ति शुद्दीकरण रोक्ने दिशामा महत्वपूर्ण कदम उठाउन दवाव पर्नेछ । पाकिस्तानले ‘अहिलेनै आतंकवादी संगठनका शीर्ष नेतामाथि मुद्दा चलाएर तिनलाई दोषी सिद्ध गर्नुपर्नेछ ।’
विगतमा चीनले एफएटीएफमा पाकिस्तानलाई समर्थन गरिरहेको सन्दर्भमा हालको परिवर्तनलाई महत्वपूर्ण मानिएको छ । कुटनीतिक स्रोतका अनुसार पाकिस्तानलाई एफएटीएफमा टर्कीले मात्र समर्थन जनाएको छ ।
सन् २०१८ देखि पाकिस्तान सम्पत्ति शुद्दीकरणविरुद्ध काम गर्ने उक्त संस्थाको निगरानीमा छ ।
उग्रवादी संगठनहरुलाई पैसा दिएको र सम्पत्ति सुद्धिकरणमा उपयुक्त काम नगरकेो आरोपमा पाकिस्तान संस्थाको निशानामा पर्न थालेको थियो । पछि संगठनले पाकिस्तानलाई उसको ‘ग्रे लिस्ट’मा हाल्यो । पाकिस्तानसँगै सर्बिया, श्रीलंका, सिरिया, त्रिनिदाद, ट्यूनिसिया र यमन ‘ग्रे लिस्ट’ छन् ।
एफएटीएफले एक वक्तव्य जारी गर्दै फेब्रुअरी २००० सम्म पाकिस्तानले यस मुद्दामा पर्याप्त कदम उठाएन भने ऊ विरुद्ध कारबाही गरिने बताएको छ । एफएटीएफको आगामी वैठक शुक्रबार पेरिसमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण