साउदी अरबका राजा र अमेरिकी विदेशमन्त्री बीच भेटवार्ता
बिहीबार, ०८ फागुन २०७६, २२ : ३२
एजेन्सी । साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउद र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका बीचमा भेटवार्ता भएको छ ।
उनीहरुबीच बिहीबार भएको भेटवार्ताका क्रममा क्षेत्रीय र अन्तरराष्ट्रिय मामिलामा विषेश छललफल भएको अधिकारीहरुले जनाएका छन् । दुवै जनाले दुई पक्षीय सम्बन्ध, साझा हितलगायतका विषयमा पनि कुराकानी गर्नुभएको साउदी प्रेस एजेन्सीले समाचार सम्प्रेषण गरेको छ ।
अमेरिकी विदेशमन्त्री पोम्पेओले साउदी अरबका युवराज मोहम्मद बिन सल्मान अल साउद र विदेशमन्त्री फैसल बिन फर्हानसँग पनि भेटवार्ता गर्ने तालिका रहेको छ । उनी साउदी अरबको तीन दिने भ्रमणका लागि साउदी राजधानी रियाद आउनुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकी सरकारी अधिकारीहरुका अनुसार पोम्पेओ नेतृत्वको अमेरिकी भ्रमण टोली बुधबार रियाद आइपुगेको हो ।Photo: gettysburgtimes.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण