शिवरात्रिमा पशुपतिस्थित एक मन्दिरमा बाबाले आगो लगाएपछि... (फोटो/भिडियोसहित)
काठमाडौं । पशुपतिनाथ मन्दिरको ठीक पारी रहेको एक मन्दिरमा आगलागी भएको छ । भारतबाट आएका एकजना साधुले मन्दिरभित्रै मुडा बालेर धुनी जगाएपछि मन्दिरमा आगो सल्केको हो । ढुङेगै ढुङ्गाबाट बनेको सो मन्दिरमा रहेको काठको थाममा आगो सल्किएपछि प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।
प्रहरीको विपद व्यवस्थापनको टोलीले झन्डै आधा घण्टा लगाएर आगो निभाएको थियो । शिवरात्रिका लागि भारतबाट आउने साधु सन्तले पशुपतिनाथको साना मन्दिरहरुमा अड्डा जमाएर बस्ने गरेका छन् । मन्दिरभित्रै मुडा बालेर बस्दा आगोलागीको जोखिम बढ्ने गरेको छ ।
शिवरात्रिका लागि भारतबाट झन्डै ५ हजार साधु, सन्त पशुपतिनाथको मन्दिरमा आएका छन् । यो बर्षको शिवरात्रिमा झन्डै २० लाख तीर्थयात्री पशुपतिनाथको दर्शका लागि आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अघिल्लो बर्षको भन्दा ब्यवस्थापन चुस्त दुरुस्त राखेका कारण दर्शनार्थीलाई मन्दिरमा पूजा गर्न सजिलो भएको कोषका कार्यसमिति सदस्य ध्रुव उप्रेतीले जानकारी दिए ।
हेर्नुहोस् फोटो/भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण