नेपाल–पाकिस्तान परामर्श संयन्त्रको बैठक मङ्लबार
एक दशकको अन्तरालपछि नेपाल–पाकिस्तान परामर्श संयन्त्रको चौथो बैठक आगामी मङ्गलबार इस्लामावादमा हुँदैछ । दुई देशबीच राजनीतिक एवं आर्थिक सहयोग र सम्बन्ध विस्तार गर्ने उद्देश्यले परराष्ट्र सचिवस्तरमा स्थापना भएको संयन्त्रको बैठकमा नेपाल–पाकिस्तान सम्बन्धका सबै पक्षमा विचारविमर्श हुनेछ ।
व्यापार, वाणिज्य, लगानी, औद्योगिक क्षेत्रमा संयुक्त लगानी, बैंक, वित्त, कृषि तथा पशुपालन, ऊर्जा, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि तथा नागरिक उड्डयनलगायत आपसी हित र चासोका विषयमा केन्द्रित रहेर बैठकमा परामर्श गरिने परराष्ट्र सचिव शङ्करदास वैरागीले बताए।
“दश वर्षअघि काठमाडौँ भएको तेस्रो बैठकका निर्णय कार्यान्वयनको अवस्था र त्यसको समीक्षा, पारस्परिक सम्बन्धका सबै पक्षमा गहन छलफल हुनेछ”, उनले भने । हरेक वर्ष काठमाडौँ र इस्लामावादमा पालैपालो बैठक गर्नेगरी संयन्त्रको स्थापना भए पनि विविध कारणले सन् २००९ यता बैठक हुनसकेको थिएन । अर्थमन्त्रीस्तरमा गठन भएको संयुक्त आर्थिक आयोगको बैठक पनि विगत सात वर्षदेखि हुनसकेको छैन ।
सचिव वैरागी नेतृत्वको तीन सदस्यीय प्रतिनिधिमण्डल केही शनिबार इस्लामावादतर्पm प्रस्थान गरेको छ । इस्लामावादस्थित नेपाली राजदूत सेवा लम्सालसहितको प्रतिनिधिमण्डलले पाकिस्तानका विदेशसचिव सोहेल महमुद नेतृत्वको टोलीसँग द्विपक्षीय हित र साझा चासोका सबै विषयमा विचारविमर्श गर्नेछ । इस्लामावादमा रहँदा सचिव वैरागीले पाकिस्तानका उच्च राजनीतिक नेतृत्व एवं सरकारी अधिकारीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण