सुनको मूल्य हालसम्मकै उच्च, तोलामा ७८ हजार ८०० पुग्यो
आइतबार, ११ फागुन २०७६, १२ : १२
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७८ हजार ८०० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि शुक्रबार सुनको मूल्य ७८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य तोलामा ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आइतबार चाँदीको मूल्य पनि तोलामा प्रतितोला ९२० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी ९१५ रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण