गोकुल बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
आइतबार परेको उजुरीमा बाँस्कोटा भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न माग गर्दै उजुरी परेको अख्तियार स्रोतले जानकारी दिएको छ ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बाँस्कोटाविरुद्ध उजुरी परेको पुष्टि गर्दै उजुरी परेपछि अख्तियारको छानविन गर्ने दायित्त्व भएको बताए । ‘अख्तियारमा विभिन्न माध्यमहरुबाट उजुरी पर्ने गर्छन् ।
बाँस्कोटाका हकमा पनि उजुरी परेकाले त्यसको छानविन प्रक्रिया अघि बढ्छ’, प्रवक्ता कोइरालाले रातोपाटीसँग भने, ‘उजुरी परिसकेपछि छानविन गर्नु अख्तियारको दायित्त्व नै हो ।’
प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले ७० करोड कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाविरुद्ध अभियानकर्मी विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले उजुरी दिएका हुन् । अडियो सार्वजनिक भएलगत्तै बास्कोटाले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन