अडियो प्रकरणले सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ भन्ने कुरा प्रष्ट : महत
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ भन्ने कुरा पुष्टि भएको स्पष्ट पारेका छन् ।
राजधानीमा आयोजित बोल्दै महतले वर्तमान सरकारको भ्रष्टाचारबारे बाँस्कोटाको टेप प्रकरण त सानो इपिसोडमात्रै भएको टिप्पणी गरे । उनले भने, ‘यो सरकारको अरु धेरै काण्डहरु छन् । अहिले एकपछि अर्को काण्ड बाहिरिएसँगै नेपाली जनताले पनि अब त भूल गरिएछ भनेर सोच्न थालेका छन् । सरकारले जनतालाई नारामात्रै देखाएको रहेछ भन्ने कुरा अहिले आएर पुष्टि भयो ।’
साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकार फोरजी काण्ड, यति काण्डदेखि अनेकौं काण्डमा फसेको आरोप लगाए । उनले भने, ‘गोकुल बाँस्कोटालाई माथिबाट निर्देशन र संरक्षण भएको छ । यो प्रकरणमा गम्भिर छानबिन हुनुपर्छ । प्रधानमन्त्री केपी शर्माओलीले पनि जवाफ दिनुपर्छ । हामीले यो प्रकरणमा विरोध गरिरहेका छौं । प्रधानमन्त्रीले यो प्रकरणमा मात्रै होइन, सबै भ्रष्टाचारका काण्डबारे संसदमा स्पष्ट जवाफ दिनुपर्छ । समग्र काण्डमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ ।’
महतले एमसीसी नेपालको हितमा रहेको बताउँदै यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने आफूहरुको भनाई रहेको सुनाए । उनले भने, ‘यसमा कुनै सैन्य गठबन्धनको कुरा छैन् । तर, नेपालमा त नभएको कुरा अफवाह फैलाउने गरिएको छ । यो दुःखद् कुरा हो ।’ अमेरिकी सहयोग एमसीसीमार्फत नेपालमा आउने सहयोग अनुदान भएको सुनाउँदै यो नेपालले प्राथमिकता गरेको क्षेत्रमा खर्च हुने महतको भनाई छ । उनले भने, ‘नेपालको विकासमा यति ठूलो रकम अनुदान आएको यो पहिलो हो, त्यो पनि नेपालले नै छनौट गरेको योजनामा लगानी गर्ने कुरा छ । यसमा आपत्ति मान्नुपर्ने केही कारण छैन् ।’
उनले एमसीसीको अनुदानले नेपालको प्रशारण लाईनमा ठूलो टेवा पुग्ने विश्वास दिलाए । उनले एमसीसीको बारेमा अनावश्यक विरोध गर्न नहुने धारणा राखे । उनले भने, ‘नेपालले आफ्नो देश हेरेर विदेश नीति अख्तियार गर्ने हो, अरु देश हेरेर विदेश नीति बनाउने होइन् । के हामीले भारत, चीन र अमेरिकासँग बेग्ला–बेग्लै मापदण्ड राख्ने हो ?, एमसीसी अहिलेदेखि सुरु भएको कुरा होइन, यसमा सबै दल संलग्न छन् । सबैको सहभागिता छ । सन् २०१७ मा एमसीसीको कम्प्याक्ट सम्झौता भएको हो, सन् २०२० मा आएर उहाँहरुले राष्ट्रघाती देख्नुभयो । तीन वर्ष के हेरेर बस्नुभयो ? समस्या त मानसिकतामा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण