पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तको बिदाइ
काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ ।
महाशिवरात्रीको अवशरमा छिमेकी भारत लगायत विभिन्न ठाउँमा आएका ५ हजारभन्दा बढी साधुसन्तहरुको आइतबार बिदाइ गरिएको हो । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित सन्तहरुको बिदाइ गरेको हो ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले ५ हजारभन्दा बढी साधुसन्तहरुको बिदाइ गरिएको बताए । विभिन्न श्रेणीअनुसार १ हजारदेखि १० हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको उनले बताए । गुठीको परम्परा अनुसार साधुहरुलाई दक्षीणा दिएर उनीहरुको बिदाइ गरिएको हो ।
साधुसन्तहरुका लागि १० लाख रुपैयाँ छुट्याइएको थियो । विभिन्न ठाउँबाट आएका सन्तहरुको खाना तथा बस्नको व्यवस्था शिवालय क्षेत्रमा गरिएको थियो । त्यसको व्यवस्थापनका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको कोषले जनाएको छ । बिदाइ समारोहमा दक्षिणाको विषयमा असन्तुष्टि जनाउँदै केही साधुसन्तहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण