भक्तपुरमा मैले दिएको अभिव्यक्ति पार्टीप्रति लक्षित थिएन: अध्यक्ष प्रचण्ड (भिडियो सहित)
काडमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निवर्तमान सञ्चारमन्त्रीको घटनामा अख्तियार लगायतका निकायले अनुसन्धान सुरु गरेको बताएका छन् । आइतबार जनकपुर पुगेका दाहालले अख्तियार दुरुपयोग अनुन्धान आयोग, लेखा समिति लगायतले अनुसन्धान सुरु गरेको बताएका हुन् ।
धनुषाको ठेराकचुरीमा १५ दिने माध्यमिकी परिक्रमा शुभारम्भ समारोहमा सहभागि भएका दाहालले भने, ‘सञ्चारमन्त्रीवाला परिघटनामा त जाँचबुझ सम्बन्धित निकायले गर्ने भनिसकैकै छ, अख्तियार अरु सबैले । लेखा समितिमा पनि यो विषयमा कुरा चलिरहेको त्यो भइनै हाल्यो ।’ दाहालले कम्युनिष्टहरु सत्तामा पुगेपछि विग्रिने रोग लागेको भनेर आफुले भक्तपुरमा दिएको अभिव्यक्ति आफ्नो पार्टीलाई लक्षित गरेर नदिएको उल्लेख गरे ।
‘मैले अस्ति भक्तपुरमा भएको कार्यक्रममा बोल्दा संसारभरीको कुरा बोलेको हो हाम्रो पार्टीको मात्रै भनेको होइन्’, उनले भने, ‘कम्युनिष्टहरु संघर्ष गर्दासम्म राम्रो र सत्तामा पुगेपछि नराम्रो रोग लाग्या त विश्वभरी छ । त्यो रोगको उपचार गर्नैपर्छ भनेर मैले अपिल गरेको हो ।’
दाहालले प्रदेश नम्बर २ को सरकारमा सहभागि हुन लागि राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीसँग कुराकानी अगाडी बढेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण