नोबेलद्वारा प्रायोजित विराट एक्स्पो सम्पन्न, १ अर्बको कारोबार, साढे ३ लाखले गरे अवलोकन
विराटनगर । नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा सञ्चालित विराट एक्स्पो सम्पन्न भएको छ । एक अर्ब बराबरको आर्थिक कारोवार गर्दै एक्स्पो सम्पन्न भएको हो । ९ दिनसम्म सञ्चालित प्रदर्शनीलाई करिव ३ लाख ५० हजारले अवलोकन गरेको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । एक्स्पो समापनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सर्वसाधरणको उल्लेख्य उपस्थितिले एक्स्पोको सफलता पुष्टि गरेको धारणा राखे । उनले आगामी वर्ष एक्स्पो सञ्चालनका लागि प्रदर्शनीस्थल निर्माणमा सहयोग गर्न सरकार तयार रहेको आश्वासन पनि दिए ।
सो अवसरमा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराट एक्स्पो मुलुककै उत्कृष्ट भएको दावी गरेका छन् । कार्यक्रममा उद्योग संगठनका अध्यक्ष भीम घिमिरे र विराट व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले विराटनगरमा प्रदर्शनी स्थल नहुँदा समस्या बेहोर्नुपरेको गुनासो गर्दै प्र्रदर्शनी स्थल निर्माणका लागि सरकारसमक्ष माग गरे । एक्स्पोका संयोजक भोलेश्वर दुलालले अपेक्षा गरे बमोजिमनै प्रदर्शनीमा सर्वसाधरणको उल्लेख्य उपस्थिती र कारोवार हुँदा उत्साहित भएको बताए ।
एक्स्पो सफल बनाउन सहयोग पुर्याउने बिभिन्न संघसस्था र व्यक्तिलाई कार्यक्रममा सम्मान समेत गरिएको छ । ‘आर्थिक विकासको मूल आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ नारासहित सञ्चालन भएको प्रदर्शनीमा ४० विदेशीसहित ३ सय ४० स्टल राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण