रौतहटमा नेपाली १९ लाख सहित दुई जना पक्राउ
मङ्गलबार, १३ फागुन २०७६, ०९ : ००

रौतहट : रौतहटको राजदेखी नगरपालिका–८ बेलबिछवास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट खटिगएको टोलीले नेपाली १९ लाख भन्दा बढी रुपैयाँ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बिओपीका असई अजयथापाको कमाण्डमा गएको टोलीले सोमवार साँझ भारत बैरगनियाबाट रौतहट आउदै गरेको बिआर ०५ आर ९४६४ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्दा लुकाई छिपाई राखेको १९लाख एकहजार एकसय ५० रुपैयाँ बरामद गरेको हो ।
स्रोत नखुलेका रुपैयाँसहित पक्राउ परेका कटहरिया नगरपालिका वडा ६ बगहीका २० वर्षीय नवलकिसोर साह र भारत बैरगनिया वडा १४ का २३ वर्षीय शनी कुमारको साथबाट एकथान मोटरसाईकलका साथै ३ थान मोबाईल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रबिनराज कर्णजितले बताएका छन ।
उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार मसान्तसम्म अनिवार्य अवकाशमा जाँदैछन् ४ सचिव र १६ सहसचिव (सूची)
-
क्रिएटिभ विद्यालयसँग ७१ रनले हार्यो नेक्सस इन्टरनेशनल
-
नीति तथा कार्यक्रमप्रति रिटर्नी फेडेरेसन नेपालको असन्तुष्टि
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेटमा रेडियन्ट रिडर्सको सहज जित
-
विद्युत नियमन आयोगविरूद्ध किन खनिए ऊर्जामन्त्री ?
-
राष्ट्रिय गौरवको आयोजनाका लागि छुट्टै कानुन बनाउन सांसदहरूको जोड