रौतहटमा नेपाली १९ लाख सहित दुई जना पक्राउ
मङ्गलबार, १३ फागुन २०७६, ०९ : ००
रौतहट : रौतहटको राजदेखी नगरपालिका–८ बेलबिछवास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट खटिगएको टोलीले नेपाली १९ लाख भन्दा बढी रुपैयाँ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बिओपीका असई अजयथापाको कमाण्डमा गएको टोलीले सोमवार साँझ भारत बैरगनियाबाट रौतहट आउदै गरेको बिआर ०५ आर ९४६४ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्दा लुकाई छिपाई राखेको १९लाख एकहजार एकसय ५० रुपैयाँ बरामद गरेको हो ।
स्रोत नखुलेका रुपैयाँसहित पक्राउ परेका कटहरिया नगरपालिका वडा ६ बगहीका २० वर्षीय नवलकिसोर साह र भारत बैरगनिया वडा १४ का २३ वर्षीय शनी कुमारको साथबाट एकथान मोटरसाईकलका साथै ३ थान मोबाईल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रबिनराज कर्णजितले बताएका छन ।
उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण